झापा, १० साउन २०८३ । झापामा डेंगु सङ्क्रमणको दर बढ्दै गएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८१/०८ को तुलनामा २०८२/०८३ मा डेंगु संक्रमितहरुको संख्या बढेको हो । आर्थिक वर्ष २०८१/०८ मा डेंगु संक्रमितको संख्या ७४९ रहेकोमा २०८२/०८३ मा संक्रमितहरुको संख्या बढेर ८१८ पुगेको छ । तीन वर्षको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी संक्रमितहरुको संख्या बिर्तामोडमा रहेको छ ।
२०८२/०८३ को तथ्यांक अनुसार बिर्तामोडमा २३९ , दमकमा २३४, भद्रपुरमा १३४ , अर्जुनधारामा १३ , कन्काईमा २२ , गौरादहमा ३ , शिवसताक्षीमा शून्य , बुद्धशान्तिमा १९ , कचनकवलमा ८१ , हल्दिवारीमा २९ ,झापा गाउँपालिकामा १३ , बाह्रदशीमा ७ , कमल र गौरीगञ्जमा शून्य–शून्य संक्रमितको संख्या रहेको छ । तीन वर्षीय तथ्यांकलाई हेर्दा २०८०–०८१ मा सबैभन्दा बढी ३८३५ जना संक्रमित रहेका थिए ।






