Online Bichar
शुक्रबार, साउन ०८, २०८३ | Friday, July 24, 2026

काठमाडौं, ७ साउन २०८३ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी गराएका छन् ।

बिहीबार काठमाडौंमा भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन् ।

विशेष महाधिवेशनको पक्षमा खुलेका श्रेष्ठ हाल उपचारका क्रममा छन् । उनी क्यान्सर रोगबाट पिडित छन् । हाल नेपालमा उपचाररत श्रेष्ठको केही समय अघि भारतमा समेत उपचार भएको थियो ।

पूर्व सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय कार्य गरेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति, उपसभापति लगायका पदीय भूमिकामा समेत थिए ।

 

 

तपाईको प्रतिक्रिया