काठमाडौं, ५ साउन २०८३ । फिफा विश्वकप २०२६ को फाइनल खेल हेर्ने क्रममा भक्तपुरमा झगडा हुँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा सोमबार (साउन ४) फुटबल हेर्न पुगेका युवाबीच झगडा भएको थियो ।
त्यसक्रममा बर्दिया घर भई भक्तपुरकै सल्लाघारीमा बस्दै आएका करिब २७ वर्षीय राज कार्की घाइते भएका थिए । मध्यपुर अस्पतालमा उपचारका क्रममा सोमबारै उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
फुटबल फाइनल हेर्न त्यहाँ पुगेका दुईरतीन समूहबीच झगडा भएको प्रहरीले जनाएको छ ।






