Online Bichar
मंगलबार, साउन ०५, २०८३ | Tuesday, July 21, 2026

काठमाडौं, ५ साउन २०८३ । कीर्तिपुरमा जलेर ध्वस्त भएको कार काठमाडौंको नरदेवीका सुरेशचन्द्र श्रेष्ठको नाममा रहेको खुलेको छ । बा ५च ३०३८ नम्बरको सेतो कार मंगलबार (साउन ५) कीर्तिपुरको चाँदनीचोकस्थित खाली जग्गामा पार्किङ गरिएको अवस्थामा जलेर नष्ट भएको थियो ।

कारभित्र चालक सिटमा रहेका व्यक्तिको समेत जलेर मृत्यु भएको छ । मृतकको भने पहिचान भइसकेको छैन ।

कारधनी सुरेशचन्द्र भएको खुले पनि कसले चलाएका थिए र मृतक को हुन् भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाईको प्रतिक्रिया