काठमाडौं, ५ साउन २०८३ । कीर्तिपुरमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो ।
शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कीर्तिपुरको चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरेको अवस्थामा कार जलेको छ ।
बा ५ च ३०३८ नम्बरको सेतो कार जलेको अवस्थामा फेला परेको हो । प्रहरीको अनुसन्धानका क्रममा कार पार्किङका लागि १० बजेर ४६ मिटनमा त्यहाँ पुगेको खुलेको छ ।
कार त्यहाँ पुगेपछि चालकभित्रबाट बाहिर नओर्लिभित्रबाट नै आगो लागेको देखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।






