काठमाडौं, ४ साउन २०८३ । नेपाल सरकारका सचिवको बैठकले सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले सातामा दुई दिन बिदा दिँदा थपिएकाले अन्य बिदाहरू कटौती गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सहसचिवको संयोजक हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने निर्णयमा उल्लेख छ ।
कार्यदललाई अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने गरी १५ दिनको समयसीमा तोकिएको छ ।






