Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

झापा, ३१ असार २०८३ । असार महिना सकिन लाग्दा झापामा ६२ प्रतिशत रोपाइँ भएको छ । सोमवारसम्म ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको र त्यसयता केही प्रतिशत बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । गत वर्षको जस्तै यस वर्ष पनि त्यही गतिमा रोपाइँ भइरहेको उनले जानकारी दिए ।

झापामा ७५ हजार ४५९ हेक्टर जग्गामा खेती हुने गरेको छ । जुन कुल भूभागको ७६ प्रतिशत हो । मौसमले साथ दिएपनि रोपाइँका बेलामा किसानहरुले रासायनिक मल पाउन सकिरहेका छैनन् ।

 

तपाईको प्रतिक्रिया