Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

रौतहट, २३ फागुन । रौतहटमा बलात्कारपछि एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेका थिए।

गुजरा २ मैढा जंगलमा झाडीभित्र शंकास्पद गतिविधि भइरहेको देखेर गस्तीमा रहेको सशस्त्र वनरक्षक टोलीले तीन जना किशोरहरुले किशोरीलाई छाडेर जंगलभित्र भागेका थिए। बिहीबार दिउँसो करिब साढे तीन बजेतिर सशस्त्र वनरक्षक टोलीले किशोर–किशोरीलाई आपत्तिजनक अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर पाउनासाथ प्रहरी चौकी रंगपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द यादवको नेतृत्वमा गएको टोलीले किशोरीलाई उद्धार गरेको हो। घटनास्थलबाट प्रहरीले किशोरहरुको कपडा र ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

उद्धार गरिएकी किशोरीले होलीको लागि सामान किनिदिन्छु भनी फकाएर जंगलमा लगेको र पालैपालो तिनै जनाले जबरजस्तीकरणी गरेको बताएकी छन्। किशोरीको चन्द्रपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको र अपरिचित तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी गराएका छन्। नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments