Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, २७ असार २०८३ । देशका केही स्थानमा यति बेला (शनिबार राति १०ः१५ बजे) पानी परिरहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णालीका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ‘मध्यम’सम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा झापाको अनारमनी बिर्तामा सबैभन्दा बढी ४४.२ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

“यी क्षेत्र तथा आसपासका स्थानहरूमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । “हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभागनजिक रहेको छ,” महाशाखाले भनेको छ ।

तपाईको प्रतिक्रिया