Online Bichar
शुक्रबार, आषाढ २६, २०८३ | Friday, July 10, 2026

काठमाडौं, २५ असार २०८३ । झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–२ बीगाउँ बस्ने ३६ वर्षीय सुरेश लिम्बुको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।

सोही ठाउँस्थित खेतबारीमा काम गर्ने क्रममा हात्ती छेक्न लगाइएको विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको ओमसाई अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया