Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

झापा, २५ असार २०८३ । झापामा २७ प्रतिशत रोपाइँ भएको छ । असार सकिन लाग्दासम्म त्यति थोरै क्षेत्रफलमा रोपाइँ भएको हो । सोमवारसम्म २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको र त्यसयता केही प्रतिशत बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । गत वर्षको जस्तै यस वर्ष पनि त्यही गतिमा रोपाइँ भइरहेको उनले जानकारी दिए ।

झापामा ७५ हजार ४५९ हेक्टर जग्गामा खेती हुने गरेको छ । जुन कुल भूभागको ७६ प्रतिशत हो । मौसमले साथ दिएपनि रोपाइँका बेलामा किसानहरुले रासायनिक मल पाउन सकिरहेका छैनन् ।

 

तपाईको प्रतिक्रिया