Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

झापा, २२ असार २०८३ । भारतबाट मलद्वारमा लागूऔषध लुकाएर ल्याउँदै गर्दा भद्रपुरमा दुईजना कारोबारी पक्राउ परेका छन् । हिजो दिउँसो ४:३० बजे भद्रपुर नगरपालिका वडा न–५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ९५३६ नं।को स्कुटी चालक बिर्तामोड-९ गरामनी बस्ने ४४ वर्षीय चन्द्रप्रसाद राजबंशीलाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकसहित १६ ग्राम २५० मिलिग्राम र प्लाष्टिक बाहेक१४ ग्राम १४० मिलिग्राम ब्राउन सुगर लुकाएर ल्याएका थिए । स्कुटीसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै भारतबाट लागूऔषध लिएर आउँदै गर्दा भद्रपुरमा इलामका एक युवक पक्राउ परेका छन् । हिजो साँझ ६ः४० बजे मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री इलाम चुलाचुली-२ बस्ने २३ वर्षीय रोहित कुमाललाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले पनि मलद्वारभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ४ ग्राम ३१० मिलिग्राम र प्लाष्टिकबाहेक ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया