झापा, १२ असार २०८३ । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सञ्चालन गरेको स्वीप अपरेसनमा ४९ जना लागूऔषध सेवनकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार असार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरेको थियो।स्वीप अपरेशन जारी राखेको झापा प्रहरी लागूऔषध नियन्त्रणका लागि निर्ममताका साथ लागिपरेको छ । प्रहरीले एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जनालाई पक्राउ गरेको हो ।
हिजो बिहान १० देखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको स्वीप अप्रेशन प्रहरी टोलीले विभिन्न स्थानहरूमा शंकास्पद अवस्थामा हिडडुल गर्ने लागूऔषध सेवनकर्ताहरु ३७ जना पुरूष र एकजना महिलालाई पक्राउ गरेको थियो । त्यस्तै ५५ ग्राम ९५० मिलिग्राम ब्राउन सुगरसहित ११ जना कारोबारी पक्राउ परेका छन् ।
लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।
लागूऔषधसहित निम्न मानिसहरु पक्राउ परेको उनले जानकारी दिएका छन् ।
दमक नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३२ का इन्द्रप्रसाद गिरी र वडा नं ७ निलकण्ठ टोल बस्ने बर्ष ३८ की सन्जु खत्रीको साथबाट प्लाष्टिकबाहेक ४४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा न. २ बस्ने बर्ष ३५ का अनिल लुईटेलको साथबाट प्लाष्टिकबाहेक ३५०मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
त्यस्तै भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने सुनिल धिमालको साथबार्ट प्लाष्टिकबाहेक २ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद हुँदा
मेचीनगर नगरपालिका वडा नं.१० बस्ने ३२ वर्षीय अस्पात शेखको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।
त्यस्तै मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ३० वर्षीय गोरु भन्ने नसरु मियाँ र सोही ठाउँ बस्ने बर्ष ६० की अक्लिमा खातुनको साथबाट प्लाष्टिकबाहेक २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर भेटिएको छ ।
त्यस्तै पाँचथर फिदिम नगरपालिका वडा नं. १२ बस्ने २४ वर्षीय हितेश तावाहाङ र फिदिम-५ बस्ने १९ वर्षीय निरोज तामाङको साथबाट १ ग्राम २९० मिलिग्राम , इलाम चुलाचुली गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षीय विवेक राईको साथबाट ३ ग्राम , अर्जुनधारा नगरपालिका वडा नं. ६ बस्ने २६ वर्षीय प्रबिण श्रेष्ठ र बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय रोशन श्रेष्ठको साथबाट ४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको डीएसपी अवाले जानकारी दिएका छन् ।






