Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झापा, १० असार २०८३ । शनिवार राति वषासंगै परेको चट्याङले बिर्तामोडका तीनवटा एफएममा क्षति पुगेको छ । आँगन एफएम , रेडियो भिजन र रेडियो विराटमा क्षति पुगेको हो । चट्याङका कारण आफ्‌नो रेडियोको ट्रान्समिटरमा क्षति पुगेको आँगन एफएमका प्रबन्ध निर्देशक इन्द्रजीत मुखियाले बताए ।

उनले रेडियो भिजन र रेडियो विराटको युपीएसमा क्षति पुगेको जानकारी दिए । चट्याङले उपकरणमा क्षति पुगेपछि ती रेडियोहरुको प्रसारण सेवा अवरुद्ध भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया