Online Bichar
मंगलबार, आषाढ ०९, २०८३ | Tuesday, June 23, 2026

काठमाडौं, ८ असार २०८३ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग ,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन बुलेटिन-२ जारी गरेर उक्त जानकारी दिएको हो।

नेपालमा यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी जुन १९ मा कोशी प्रदेशबाट आगमन भएको थियो। मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया