सुर्खेत, ८ असार २०८३ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ । पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ परेका हुन । उनलाई पक्राउ गर्न भनी सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो । सोही आधारमा सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको हो ।






