Online Bichar
मंगलबार, आषाढ ०९, २०८३ | Tuesday, June 23, 2026

काठमाडौं, ८ असार २०८३ । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको छ।

यसदिन ३५३ वटा स्क्रिप्सको ८१ लाख ३८ हजार ४३३ वटा कित्ता सेयर ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ११६ वटा स्टक्सको मूल्य मूल्य बढ्दा १४३ वटाको घट्यो। १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

नेप्से घटे पनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सोपान पर्माक्युटिकल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३७ करोड मूल्य बराबरको कारोबार गर्यो। एनआएर इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ३० करोडको कारोबार गर्दा स्वाबलम्वन लघुवित्त वित्तिय संस्थाले २० करोड र आँखु खोला जलविद्युत कम्पनीले १७ करोडको कारोबार गरे।

तीनवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। फाइनान्स,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिए।

 

तपाईको प्रतिक्रिया