झापा, ८ असार २०८३ । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलकी एक वृद्धाको सर्पले डसेर मृत्यु भएको छ।
आइतबार (हिँजो) साँझ करिब ६ः३० बजे ८८ वर्षीया पञ्चमाया शेर्मा कुखुराको खोरको ढोका लगाउने क्रममा खोरछेउमा रहेको इँटाको चाङबाट निस्किएको विषालु सर्पले दाहिने हातको माझी औँलामा डसेको प्रहरीले जनाएको छ।
सर्पले डसेर गम्भीर घाइते भएकी शेर्मालाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको अवस्था गम्भीर बन्दै गएको र बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी थिइन्।
प्रहरीका अनुसार राति करिब १०ः४५ बजे उपचारकै क्रममा शेर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






