Online Bichar
सोमबार, आषाढ ०८, २०८३ | Monday, June 22, 2026

काठमाडौं, ७ असार २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतसँगको सीमा समस्याबारे ब्रिटेनको मध्यस्थता नखोजिएको दाबी गरेका छन् ।

आइतबार रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले उक्त दाबी गरेका हुन् । उनले कालापानी लिपुलेकको प्रमाण मात्रै ब्रिटिससँग लिन खोजेको भनाइ राखे ।

“हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिसले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौँ भनेका हौँ,” रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले भने, “ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसित आफैँ कुरा गरेर मिलाउँछौँ ।”

उनले मन्तव्यका क्रममा कालापानी र लिपुलेकको विषयमा आफूहरूसँग प्रमाण रहेको पनि बताए । “यसमा आशंका मान्नु पर्दैन । मेरो राष्ट्रियतामा कुनै पनि आशंका गर्नु पर्दैन,” उनले भने ।

 

तपाईको प्रतिक्रिया