Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, ४ असार २०८३ । झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलका एक पुरुषको नालीको पानीमा डुबेर मृत्यु भएको छ। मंगलबार राति करिब १० बजे ६० वर्षीय रबि सोरेन आफ्नै घरदेखि करिब ५० मिटर दक्षिणतर्फ रहेको सडकछेउको नालीमा मृत अवस्थामा फेला परेको हो ।

घटनाको खबर राति १०ः३० बजे प्रहरी चौकी कोरोबारीमा पुगेपछि प्रहरी सहायक निरीक्षक रमेश परियारको कमान्डमा टोली घटनास्थल पुगेको थियो । शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार राति १ः५० बजे शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया