झापा, ३ असार २०८३ । झापाका दुईजनामाथि सम्पत्ति शुद्धिकरणको मुद्धा दर्ता भएको छ । गत बैशाख २७ गते साँझ बिर्तामोडबाट अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशंकामा पक्राउ परेका दुई जनामाथि सम्पत्ति शुद्धिकरणको मुद्धासमेत दर्ता गरिएको हो । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन्।
गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनामाथि अनलाइन बेटिङ मुद्धाबाट सम्पत्ति शुद्धिकरण मुद्धामा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






