विराटनगर, १ असार २०८३ । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार तथा सहरी विकासका लागि चार अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले विपद् व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन भएको जनाए ।
सडक पूर्वाधार तथा सहरी विकासमा पूर्वनिर्धारित समयमा कार्य गर्न उप्रेरित गर्ने, प्रादेशिक लोकमार्ग, स्थानीय तहका व्यापारिक सडक निर्माणमा जोड दिइने भएको छ ।
गाईघाट, हलेसी र बिर्तामोडमा २ करोड ५० लाख बजेट विनियोजन भएको छ । सरकारले विद्यालयमा रुफटप सोलार बत्ती जडान कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको छ ।






