काठमाडौं, ३१ जेठ २०८३ । कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा एउटा टेम्पो भिरबाट फालिदिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार वन अधिकृतसहित १० जनालाई निणन्त्रणमा लिएको हो ।
अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ । क्षतिपूर्ति दिनेबारे छलफल भएको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।
‘छलफलकै विषय भएकाले मुद्दा प्रक्रियामा गएको छैन । कुरा मिलेन र पीडितबाट जाहेरी आए कानुनअनुसार अघि बढ्छौँ,’ एसपी चन्दले भने ।
कैलालीकी धनमाया धामीले लामो समयदेखि गोदावरी नगरपालिका–४, बसपानी क्षेत्रको जंगलमा सोही टेम्पोमा सामान बिक्री गर्दै आएकी थिइन् ।






