Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

झापा, १९ जेठ २०८३ । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा सोमबार साँझ करिब ५ बजे भारतको बिहार राज्य, किशनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ निवासी अन्दाजी २० वर्षीय युबेद राजालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा रहेका उनलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको छ। साथै BR32V6909नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया