Online Bichar
बिहिबार, जेठ १४, २०८३ | Thursday, May 28, 2026

काठमाडौँ, १३ जेठ २०८३ । नेपालमा जटिल रोगको उपचार र विशेष सेवाहरूमा उल्लेख्य प्रगति भएको आर्थिक सर्वेक्षण २०८२/०८३ ले देखाएको छ ।

२०८२ फागुनसम्म २९५ जनाको मृगौला र १५ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ ।

औषधि व्यवस्थातर्फ नेपालले उत्पादन बढाउँदै लगेको छ । जसअन्तर्गत हालसम्म दर्ता भएका २२ हजार ३ सय ५ ब्राण्डका औषधिमध्ये १३ हजार ५ सय ९४ वटा त स्वदेशी ब्राण्डका नै रहेका छन् ।

रोग नियन्त्रणतर्फ १४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सञ्चालन गरिएको छ भने २७ हजार ५ सय २६ जना एचआइभी सङ्क्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल उपचार लिइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया