काठमाडौं, १२ जेठ २०८३ । नेपाली राष्ट्रिय भलिबल टिम तथा नेपाल पुलिस क्लबकी स्पाइकर पुनम चन्द प्रहरीको सम्पर्कविहीन सूचीमा परेकी छिन् । उनी प्रहरीले प्रकाशित गरेको सूचना अनुसार गैरहाजिर रहेको सूचना प्रकाशित गरेको छ ।
पुनम चन्दसहित ११ जना अन्य प्रहरी पनि सम्पर्कविहीनको सूचीमा रहेका छन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेर अष्ट्रेलिया गएकी पुनमले आवद्ध संस्था नेपाल पुलिसलाई जानकारी नदिइ अष्ट्रेलिया गएको प्रष्ट भएको छ । उनलाई नेपाल पुलिसको प्रधान कार्यलयले ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । नेपाल पुलिस क्लबले जेठ ११ गते सूचना प्रकाशन गरेको थियो ।






