Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

चितवन, ३ जेठ २०८३ । चितवनमा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–१, कुलबाङगका दुईजनाको मृत्यु भएको हो । नौ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालका अनुसार, जेठ १ गते नमुनाको मृत्यु भएको थियो । शनिबार राति उपचारका क्रममा सञ्जयको मृत्यु भएको हो ।

गएको वैशाख २९ गते श्यामबहादुर चेपाङ परिवारका पाँचजनाले जंगली च्याउ खाएका थिए । उनीहरूमध्ये बिरामी परेका तीनजनालाई जेठ १ गते उपचारका निम्ति भरतपुर अस्पतालमा ल्याइएको थियो । तीनमध्ये दुईजनाले ज्यान गुमाएका हुन् ।

१३ वर्षीया मनीता चेपाङको उपचार भरतपुर अस्पतालमा भइरहेको छ । बिरामी मनीताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । रासस

 

तपाईको प्रतिक्रिया