Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026
डा. रितेश थापा, न्युरो साइक्याट्रिस्ट

काठमाडौं, १९ फागुन । डिप्रेशन एक प्रकारको मानसिक रोग हो । डिप्रेशनका विभिन्न प्रकारका लक्षण हुने भएकोले कुनै निश्‍चित लक्षण अंकित गर्न सकिदैन। एकदिन एक जना करिब २५ वर्षका युवा आफूलाई डिप्रेशन भयो भन्दै आँतिदै उपचारका लागि मलाई भेट्‍न आए। मैलै ती युवालाई के भएको हो भनेर सोधें। उनले आँत्तिदै सुनाए- “टाउको दुख्ने, खान मन नलाग्ने, डर मात्र लाग्ने समस्या छ।”

मैलै ती युवालाई राम्रोसँग परार्मश गरेर पठाई दिए। ती युवामा त्यस्तो समस्या देखिएको दुई दिन भएको रहेछ। कसैसँग नबोल्ने, निरास मात्र हुने, डर लाग्नेलगायतका समस्या दुईदेखि तीन दिनमात्र देखिएमा त्यो डिप्रेशन होईन्। त्यो आफैं निको हुन्छ। तर दुई सातासम्म लगातार सोही समस्या देखिएमा तुरुन्त उपचारका लागि न्युरो साइक्याट्रिस्ट अर्थात मानसिक रोग विशेषज्ञको उपचारका लागि जानुपर्छ।

पछिल्लो समय नेपालको कुल जनसंख्याको २० देखि २५ प्रतिशत अर्थात करिब ५० लाख मानिसमा मानसिक समस्या देखिएको छ। विशेष गरेर सानो उमेरमा जसरी वृद्धि विकास हुनुपर्ने हो सोअनुसार नभएमा, वैदेशिक रोजगारीमा गएका, लामो समयसम्म विभिन्न रोगका औषधी सेवन गर्ने, बाल्यकालमा अप्रिय कुनै घटना घटेको छ भने त्यस मानिसमा डिप्रेशनको समस्या आउन सक्छ।

पछिल्लो समय डिप्रेशन नेपालमा बढ्दै गएको विभिन्न अस्पतालहरुको तथ्याकंमा देखिन्छ। दिनहुँ ध्यान, शारीरिक व्यायामहरू गर्ने, सकारात्मक सोच राख्ने, तनाव नलिने गरेमा डिप्रेसनबाट बच्न सकिन्छ।

डिप्रेशनको बढी जोखिममा ग्रामिण क्षेत्रका मानिसहरु रहने गरेको पाइएको छ। यदी कसैले डिप्रेशन भएको थाहा पाएमा गिज्याउँने, नराम्रो शब्द प्रयोग गरेर गाली-गलौज गर्ने पो हो कि भन्ने डरले यस्तो समस्या कसैलाई नभनी लुकाएर राख्ने गर्छन् । जसले गर्दा डिप्रेशन गम्भीर बन्‍दै गएर मानिसले आत्महत्या समेत गर्ने खतरा रहन्छ।
त्यसैले डिप्रेशनको सुरुको अवस्थामा थाहा पाएमा सामान्य मनोपरार्मशबाट निको हुन्छ। तर जटिल छ भने औषधी उपचार गरेर नियमित औषधी सेवन गरेमा निको हुन्छ। डिप्रेशन

बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई देखिने गर्छ। डिप्रेशन २० देखि ३० वर्ष उमेर समुहका मानिसहरुमा बढी देखिने गरेको छ।

पछिल्लो समय विश्वमा बढी देखिने रोगमा दोस्रो नम्बरमा मानसिक रोग रहेको छ। यसरी नै मानसिक रोग बढ्दै जाने हो भने सन् २०२० मा यो रोग पहिलो नम्बरमा देखिने विश्व स्वास्थ्य संगठनले अनुगमन गरेको छ। विश्वमा करिब चार सय मिलियनभन्दा बढी मानिसमा डिप्रेसन देखिएको पाइएको छ। नेपालमा प्रत्येक दिन डिप्रशेनका कारण १५ जनाले आत्महत्या गर्ने विभिन्न तथ्याकंले देखाएको छ।

यस्ता छन् डिप्रेशनका लक्षणहरु

डिप्रेशनका लक्ष्णहरुमा एक्लै बस्न रुचाउने, रुन मन लाग्ने, झर्को लाग्ने, निराश हुने, एक्लै बस्न रुचाउने, दिक्क मान्ने, बोल्न मन नलाग्ने, हातखुट्टा झमझम गर्ने पैतला पोल्ने, तालु पोल्ने, मुख सुक्ने आत्मग्लानी हुने, नकारात्मक सोचाईं रहने, निद्रा कम पर्ने, खानामा रुची नहुने, बारम्बार रुने आदी हुन् ।

(न्युरो साइक्याट्रिस्ट डा थापासँग बाह्रखरीकालागि सञ्जिता खनालले गरेको कुराकानीमा आधारित।)

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments