Online Bichar
आइतबार, बैशाख २७, २०८३ | Sunday, May 10, 2026

काठमाडौं, २७ वैशाख २०८३ । देशका विभिन्न जिल्लामा आइतबार अपराह्नदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी र वाग्मती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौंलगायत हिमाली तथा पहाडी जिल्लामा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशको रुकुम पूर्व आसपासका क्षेत्रमा पनि मेघगर्जनसहित पानी परिरहेको महाशाखाले जनाएको छ।

महाशाखाले ती क्षेत्र तथा आसपासका जिल्लामा थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल कोशी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने देशका अन्य भूभागमा पनि आंशिक बदलीको अवस्था रहेको जनाइएको छ।

महाशाखाका अनुसार अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत मौसममा देखिएको छ।

तपाईको प्रतिक्रिया