Online Bichar
आइतबार, बैशाख २७, २०८३ | Sunday, May 10, 2026

झापा, २७ वैशाख २०८३ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको ‘मामा भान्जा होटल एण्ड लज’बाट प्रहरीले पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

होटलमा शंकास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार (हिँजो) दिउँसो करिब ४ः०० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा दुई जना नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने एक कर्मचारी तथा दुई जना भारतीय पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट WB73R5148 नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया