काठमाडौँ, २५ वैशाख २०८३ । बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै आज (शुक्रबार) साँझ ६ बजेदेखि राति ९ बजेसम्म सूचना प्रणालीको सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
स्वास्थ्य बीमा बोर्डको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा सञ्चालनमा रहेको सर्भरलाई रिप्लेस गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने जानकारी दिइएको छ ।
यसबाट सेवाग्राहीहरूलाई पर्न जाने असुविधाको लागि बोर्डले क्षमा समेत मागेको छ ।
साथै, सो समय सम्मका दाबीहरू अनिवार्य रूपमा गरी सक्नुहुन सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनुरोध समेत गरिएको छ।






