काठमाडौं, २३ वैशाख २०८३ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रिय स्तरका आठ निजामती कर्मचारी संगठन खारेज भएको जनाएको छ। विभागले सूचना प्रकाशित गर्दै वैशाख २३ गतेको निर्णयबाट आठ राष्ट्रिय कर्मचारी संगठन खारेज भएको जनाएको हो ।
विभागको सूचनाअनुसार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नेपाल मधेसी निजामती कर्मचारी संघ खारेज भएका छन् ।
यस्तै, खारेजीको सूचीमा नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल रहेका छन् ।
यस्तै, विभागले राष्ट्रिय स्तरका ट्रेड युनियनहरू पनि खारेज गरेको छ । संघले नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन खारेज गरेको हो ।
सरकारले कर्मचारीको ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै विभागले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो ।





