Online Bichar
बुधबार, बैशाख २३, २०८३ | Wednesday, May 6, 2026

झापा, २३ वैशाख २०८३ । अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समितिको आयोजनामा झापाको दमकमा र्‍याली तथा कोणसभा सम्पन्न भएको छ ।
अखिल नेपाल सुकुम्बासी संघ दमक नगर अध्यक्ष श्याम कुमालको नेतृत्वमा करिब ९० देखि १०० जनाको सहभागितामा र्‍याली निकालिएको हो ।
दिउँसो अन्दाजी २ः४० बजेको समयमा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्टबाट सुरु भएको र्‍याली विभिन्न नारा लेखिएका प्लेकार्डसहित नगरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो ।
र्‍याली दमक–६ गणतन्त्र चोक, गोल्डेन गेट, फर्निचर लाइन, देवकोटा चोक, थानारोड हुँदै पुनः गणतन्त्र चोकस्थित आकाशेपुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभा सम्पन्न भएपछि दिउँसो ३:४० बजे कार्यक्रम शान्तिपूर्ण रूपमा समापन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया