Online Bichar
बुधबार, बैशाख २३, २०८३ | Wednesday, May 6, 2026

काठमाडौं, २३ वैशाख २०८३ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको हो ।

अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी भट्टको पाँचौँपटक र अग्रवालको छैटौँपटक समान १२ दिन म्याद थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया