काठमाडौं, २० वैशाख २०८३ । कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा अहिले सीप सिकिरहेका छन्। गैरीगाउँको सुकुम्बासी बस्ती भत्काइएपछि होल्डिङ सेन्टरमा आएकाहरू नै एक अर्कालाई सीप सिकाइरहेका छन्।
४२ वर्षीय रबानी अन्सारीले चार युवालाई कपडामा बुट्टा राख्न सिकाइरहेका छन्। सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठ रबानीसँग सीप सिकिरहेका छन्। होल्डिङ सेन्टरमा त्यसै बस्नुभन्दा सीप सिक्न पाउँदा राम्रो लोको सुमिन बताउँछन्।
‘होल्डिङ सेन्टरमा दिनभर सुत्ने, केही काम गर्न नपाइने अवस्था थियो, अहिले कपडामा बुट्टा हाल्ने काम सिक्न पाउँदा समय खेर गएको जस्तो लाग्दैन, उनले भने। होल्डिङ सेन्टरमा बसेकाहरूलाई अहिले सुरूवातभन्दा सहज छ।
त्यहाँ प्रत्येक परिवारलाई छुट्टाछुट्टै टेन्ट दिइएको छ। सत्सङले नै मेस चलाएको छ। होल्डिङ सेन्टरमै अहिले हेल्थ डेस्क राखिएको छ।सेतोपाटीबाट






