मोरङ, २० वैशाख २०८३ । स्रोत नखुलेको २६ लाख ९८ हजारसहित एक भारतीय नागरिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार काठमाडौं जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।
त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाखसहित पक्राउ गरिएको उनले बताइन् ।
दुवैजनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस






