काठमाडौं, १८ वैशाख २०८३ । नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ । काउन्सिलले दर्ता किताबबाट नाम हटाउँदै ती चिकित्सकहरूको लाइसेन्स रद्द गरेको जनाएको हो ।
काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरूको दर्ता खारेज गरिएको हो । वैशाख १८ गतेदेखि लागू हुने गरी उक्त निर्णय कार्यान्वयनमा ल्याइएको काउन्सिलले जनाएको छ ।
दर्ता खारेज गरिएका चिकित्सकहरूको नाम यसप्रकार रहेका छन्:
१. डा. सुमिन्द्रा पुन
२. डा. शैलेश कुमार जयसवाल
३. डा. भूपेश खड्का
४. डा. आरती रानाभाट
५. डा. रमेश राज पहरी
६. डा. सन्जोक घले
७. डा. ऋषिराज बराल
८. डा. प्रभु पाण्डे
९. डा. तृप्ति महर्जन
१०.डा. सृजना श्रेष्ठ
११. डा. सुनिता बिष्ट
१२. डा. दिपा मल्ल
१३. डा. सौरब जी.सी.
१४. डा. जेनिशा श्रेष्ठ
१५. डा. प्रभास रेमी
१६. डा. दिपिका ज्ञवाली
१७. डा. हेमु चौरासिया
१८. डा. समीक्षा शर्मा
१९. डा. मनोरमा पाण्डे
काउन्सिलले विदेशी नागरिकता लिएका चिकित्सकहरूले नेपालमा चिकित्सा अभ्यास गर्न नपाउने स्पष्ट पार्दै यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको छ ।






