काठमाडौं, १७ वैशाख २०८३ । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । बिहीबार दिउँसो रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थवाङ गाउँपालिका–१ स्थित जलजलामा सडकबाट करिब ८ सय मिटर तल भीरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार हालसम्म २० जनाको मृत्यु पुष्टि भएको छ भने अन्य घाइते तथा सम्भावित यात्रुहरूको उद्धार कार्य जारी रहेको छ ।






