काठमाडौं, १७ वैशाख २०८३ । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो रुकुम पूर्वबाट वैशाख पूर्णिमा जात्रामा पूजा गर्न जलजला जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
थबाङ गाउँपालिका–१ स्थित जलजला क्षेत्रको सडकखण्डबाट जीप करिब ८०० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






