Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

झापा, १७ वैशाख २०८३ । झापाको दमकमा फ्रिजको तार सर्ट भई एक घरमा आगलागी भएको छ । दमक नगरपालिका–८ युनिक कलेज नजिक बस्ने रमेश दाहालको पक्की ढलान भएको तीन तले घरको माथिल्लो तलामा रहेको किचन कोठामा आगलागी भएको हो ।

आज(बिहिबार) ३ः४० बजे फ्रिजको तार सर्ट भई आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीबाट उक्त किचन कोठामा रहेको फ्रिज, भाँडावर्तन, अन्नपात तथा अन्य सरसामान गरी करिब २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ ।

उक्त आगो दमक नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगोलाई अन्दाजी ४ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया