Online Bichar
आइतबार, बैशाख ०६, २०८३ | Sunday, April 19, 2026

झापा, ५ वैशाख २०८३ । झापाको शिवसताक्षीबाट लागूऔषध कारोबार गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।

शनिबार बिहान ११:४५ बजे शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगी निवासी ३२ वर्षीय गंगाबहादुर मगरलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा मगरको सुत्ने कोठाभित्र बिक्रीका लागि प्लास्टिकमा पोको पार्दै गरेको अवस्थामा १३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।

उनलाई लागूऔषध सेवन तथा बिक्री वितरण गरिरहेको आरोपमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया