Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

मेचीनगर, ९ माघ २०८२ । नेपालको पूर्वी नाकासँग सीमा जोडिएको भारतको पश्चिम बंगालमा घातक निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै पूर्वी सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसकारण पूर्वी नाकाबाट भित्रिने यात्रुमाथि कडा निगरानी शुरु गरिएको हो ।

काँकरभिट्टासँग पश्चिम बंगालको रानीगञ्ज पानीट्याँकी नाकाको दुरी खासै टाढा छैन । खुला सीमाका कारण नेपालमा यसको जोखिम ‘उच्च’ रहेको भन्दै मेचीनगर नगरपालिकाले काँकरभिट्टा नाकामा उच्च सतर्कता अपनाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कहरूलाई सक्रिय बनाइएको छ । शंकास्पद लक्षण देखिएका यात्रुहरूलाई तत्कालै पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन हेल्थ डेस्कहरुमा रहेका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको छ ।

मेचीनगर नगरपालिका, कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा सीमाक्षेत्रमा चेतनामुलक फ्‌ल्याक्स बोर्ड राखेका छन् । निपाह भाइरस कसरी फैलिन्छ रु मानिसबाट मानिसमा कसरी सर्ने ? आफूलाई कसरी सुरक्षित राख्ने रु वा समयमै पहिचान र रोकथामले जीवन बचाउनेलगायतका चेतनामुलक सन्देश बोर्डमा राखिएको छ ।प्रतिदिनबाट

 

तपाईको प्रतिक्रिया