Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

झापा, १२ पुस २०८२ । बिर्तामोडको गोदावरी डाइग्नोस्टिक सेन्टरमा शिलबन्दी गरिएको छ । सरकारी अनुगमन टोलीले हिजो अनुगमन गर्दा स्वास्थ्य परीक्षण मापदण्डबिपरित प्रयोगशाला सञ्चालन भएको पाइएकोले सो डाइग्नोस्टिक सेन्टरमा शिलबन्दी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँ, जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक देऊ मेचेसहितको टोलीले बिर्तामोड –१ पश्चिम स्ट्यान्डमा नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गरेको गोदावरी डाइग्नोस्टिक सेन्टरमा अनुगमन गरेको थियो । शिलबन्दी पश्चात् सो सेन्टरलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थिति हुन समेत पत्राचार गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया