Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, १ फागुन । सरकारले विभिन्न सरकारी अस्पतालबाट ८ प्रकारको रोगका लागि रु. एक लाखसम्मको औषधी उपचार खर्च दिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विपन्न व्यवस्थापन महाशाखाले आठ प्रकारका रोगहरुमा यस्तो खर्च दिन्छ ।

मृगौला, मुटु, क्यान्सर, हेड ईन्जुरी, पार्किन्सन्स, स्पाइनल ईन्जुरी, अल्जाईमर्स र सिकेलसेल एनिमिया रोगलाई रु. एक लाखसम्मको निःशुल्क उपचार सेवा दिने व्यवस्था छ ।

तर अझै पनि कतिपय विपन्न बिरामीहरुले औषधी सेवा कहाँ र कसरी लिने भनेर थाहा नहुँदा सो सेवा लिनबाट बञ्चित रहने गरेको पाइएको छ । कुन कुन अस्पतालमा पाइन्छ त उल्लेखित आठ रोगको उपचार सेवा ?

पार्किन्सस र अल्जाईमर्स
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ।
४) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी ।

स्पाईनल ईन्जुरी र हेड ईन्जुरी
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर ।
३) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
४) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी

मुटु रोग
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौं
४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
५) मनमोहन कार्डियोभास्कुलर महाराजगंज, काठमाडौं
६) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं
७) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
८) वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी

क्यान्सर
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,वीर अस्पताल, काठमाडौं
२) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं
३) बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन
४) भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
५) परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं
६) बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान,
७) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
८) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडांै
९) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
१०) क्यान्सर केयर नेपाल, जावलाखेल,

मिर्गाैला रोग
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा वीर अस्पताल, काठमाडौं ।
२) त्रिवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं
३) मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
४) कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
५) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज
६) बि एण्ड बि अस्पताल, ललितपुर
७) जनकपुर अञ्चल अस्पताल, धनुषा
८) वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
९) राष्ट्रिय मिर्गाैला उपचार केन्द्र, वनस्थली, काठमाडौं
१०) नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं
११) नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, बाँके
१२) यूनिभर्सल कलेज अफ मेडिकल साइन्स, रुपन्देही
१३) चितवन मेडिकल कलेज, चितवन
१४) कलेज अफ मेडिकल साइन्सेस,चितवन
१५) मणिपाल मेडिकल कलेज, पोखरा, कास्की
१६) गण्डकी मेडिकल कलेज, पोखरा, कास्की
१७) नेशनल डायलाइसिस सेन्टर, एकान्तकुना, ललितपुर
१८) गोल्डेन अस्पताल, विराटनगर, मोरङ
१९) धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
२०) कोशी अंचल अस्पताल, विराटनगर, मोरङ
२१) आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
२२) विराट अस्पताल, विराटनगर, मोरङ
२३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२४) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा

सिकलसेल एनिमिया
१) निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
२) उपक्षेत्रीय अस्पताल, घोराही, दाङ
३) महाकाली अंचल अस्पताल, महेन्द्रनगर, कञ्चनपुर
४) सेती अंचल अस्पताल, धनगढी, कैलाली
५) भेरी अंचल अस्पताल, नेपालगञ्ज, बाँके
६) लुम्बिनी अञ्चल अस्पताल, वुटवल, रुपन्देही
७) जिल्ला अस्पताल ,कपिलवस्तु
८) जिल्ला अस्पताल, बर्दिया
९) जिल्ला अस्पताल, नवलपरासी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments