Online Bichar
सोमबार, जेठ १८, २०८३ | Monday, June 1, 2026

झापा, २३ कार्तिक २०८२ । भारतबाट लागूऔषध ल्याउँदै गर्दा दमकका दुईजना युवा पक्राउ परेका छन् । आज साँझ ७:१५ बजे झापा गाउँपालिका-१ सालमारा सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमान्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१.०१.०१४ प ६९४० नं को स्कुटरमा सवार दमक-५ बस्ने २३ वर्षीय दीपेश ढकाल र दमक-१ बस्ने २७ वर्षीय सौगात श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ब्राउन सुगर, प्रयोग गरेको सिरिन्ज, नाइट्रोजन आधा पिस ट्याब्लेट बरामद भएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया