Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठ्माडौं, ३० भदौ २०८२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बाल मनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोस्ट गर्ने गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सोही गुनासोको आधारमा मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालनमा पोस्ट नगर्न भनेको हो ।

तपाईको प्रतिक्रिया