Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २९ भदौ २०८२ । सरकारले यो वर्ष औपचारिक कार्यक्रम गरेर शिक्षा दिवस नमनाउने भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण सरकारले २ असोजमा मनाइदै आएको शिक्षा दिवस नमाउने भएको हो ।

‘शिक्षा दिवसको दिन औपचारिक कार्यक्रम हुँदैन,’ शिक्षा सचिव चूडामणि पौडेलले भने । आन्दोलनकारीले शिक्षा मन्त्रालयमा पनि आगजनी र तोढफोड गरेका गरेका थिए । कर्मचारीले सरसफाइ गरेर मन्त्रालयबाट सेवा सुरु गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि अध्ययन अनुमति पत्र जारी गर्ने लगायतका महतत्त्वपूर्ण काम मन्त्रालयले रोकेको छैन । ‘एनओसी रोकिएको छैन,’ सचिव पौडेलले भने ।

तपाईको प्रतिक्रिया