Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

झापा, ३१ असार २०८२ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइएको छ । हिजोदेखि प्रहरी टोली परिचालन गरिएपनि ती दुई महिला फेला नपरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रन्जन बरालले बताए ।

आइतवार दिउँसो करिव १ बजे सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई मिक्लाजुङ गाउँपालिका वडा न २ रचना टोल बस्ने दुर्गामाया लिम्बू र माया मगरले दुर्व्यवहार गरेका हुन् । कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए ।

साथै सेवा केन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाई सामाजिक संजालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए । जुन भिडियो अहिले भाइरल बनेको छ ।

सहारा नेपाल र एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले प्रेस विज्ञप्ति जारी गरी यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्न साथै भिडियो सामाजिक संजालमा अपलोड गरी चरित्र हत्या गर्नेलाई समेत कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको लागि प्रशासनसमक्ष जोडदार माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया