Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

काठ्माडौं, २५ असार २०८२ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका ६ जनालाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ ।

नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का पल्लु सार्की, भागेश्वभरी सार्की, योगेश सार्की, बिकट सार्की, वीर सार्की र बेदकोट नगरपालिका–७ का अब्दुल सार्कीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोसीले जानकारी दिए ।

उनका अनुसार टापुमा श्राद्ध गर्न गएकाहरू मुसलधारे पानीको कारण गोदावरी नदीको वरिपरीबाट पानीको सतह बढ्न गई उक्त टापुबाट आउन नसकी फसेका थिए ।

 

तपाईको प्रतिक्रिया