Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

झापा, २३ असार २०८२ । झापामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भई हाल झापाको शिवसताक्षी नगरपालिका-८ बस्ने २५ वर्षिय जितेन्द्र आङ्देम्वे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज साँझ ५ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले मेचीनगर नगरपालिका६ पुरानो मेचीपुल स्थित भारतको पानीट्याङ्कीबाट नेपाल तर्फ सिटिसफारीमा आईरहेको आङ्देम्वेलाई शंका लागि शरिर तलासी लिने क्रममा मलद्वारमा लुकाइ छिपाई ल्याएको अवस्थामा निलो रङ्गको प्लाष्टिकको पोका फेला परेको थियो । उक्त पोकालाई खोली हेर्दा २ ग्राम ८ मिलीग्राम खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका आङ्देम्वेमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया